सुजिता प्र’ करण : ह’ त्या आ”रोपमा उनकै बुबा प क्राउ

Uncategorized

महोत्तरी – सुजिता ठाकुर प्रकरणमा प्रहरीले उनकै बुवालाई पक्राउ गरेको छ । प्रहरीले सुजिताको हत्यामा बुवा कामेश्वर पाण्डेयको समेत संलग्नता रहेको जनाएको छ ।

प्रहरीले आज उनकै बुवासहित थप तीनजनालाई सार्वजनिक गरेको हो। सोहि घटनामा मृतकका देवर रुपेश ठाकुर सहित चारजनालाई प्रहरीले सार्वजनिक गरिसकेको थियो। अझै केहि थप आरोपी भएपनि प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले सुजिताका बाबुले उनको हत्याका लागि देवर रुपेशलाई उक्साएको अडियो प्राप्त भएको बताए। मृतकका बुवाले घटना लुकाउन बार्गेनिङसमेत गरेको अनुसन्धानमा खुलेको एसपी आचार्यले बताए। मृतककै नन्द भंगहा न.पा. १ वस्ने ३५ वर्षीया अंजु ठाकुरले घटना थाहा पाएरसमेत लुकाएको आरोपमा पक्राउ परेकी छन्।

सोहि घटनामा शव व्यवस्थापनमा संलग्न रहेको आरोपमा जनकपुर उपमहानगरपालिका २४ कुटी पोखरी बसहिया वस्ने ५५ वर्षीय प्रमोद भन्ने विनोद मण्डलसमेतलाई प्रहरीले पक्राउ गरेको छ। यसअघि लोहारपटटी नगरपालिका ७ भ्रमरपुराका रुपेश ठाकुर र शव व्यवस्थापनमा सघाएको भनि सोहि ठाउ वस्ने ३७ वर्षिय बण्ठा भन्ने किशोरी मण्डल र उनका भाई ३२ वर्षीय नथुनी मण्डल तथा सोहि ठाउका ३३ वर्षीयआदम राईनलाई पहिले नै सार्वजनिक गरेको थियो ।

प्रारम्भीक अनुसन्धानमा सुजिता पटक पटक घरबाट आफू खुसी बाहिर जाने र मनोमानी ढंगले बाहिर जाँदा पैसा लिएर जाने कारणले उनको माइती र घर दुवैतर्फले प्रतिष्ठामा आँच आएको भन्दै हत्या गर्ने मनसायबनाएको  देखिएको प्रहरीले बताएको छ।  गत असार २७ गते सेफ्टिक ट्ंयाकीमा गाडिएको अवस्थामा सुजिताको शव फेला पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *