मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना , यस्तो छ अहिले उनको अवस्था

Uncategorized

काठमाडौँ

बैशाख

कोरोना भाइरसको संक्रमण देखिएपछि होम आ’इसोलेसन बसेका हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन्।

श्रेष्ठको छातीमा सामान्य स’मस्या देखिएपछि उनलाई शुक्रबार ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो।

चिकित्सकको सल्लाह बमोजिम उनको अस्पतालमै उपचार भइरहेको अस्पतालले जनाएको छ।
श्रेष्ठले संक्रमण पुष्टि भएपछि वैशाख ६ गते फेसबुकमार्फत आफूलगायत परिवारका सदस्यहरु छोरा यमन, छोरी सराना र बुहारी रिंकु होम आइसोलेसन बसेको जनकारी गराएका थिए।
थप समाचार 
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नहुने बताएका छन्।
उनले भने, ‘लकडाउनले कोरोना संक्रमणको जा’लो त तो’ड्छ तर त्यो दीर्घकालीन समाधान होइन। अर्थतन्त्र पनि भर्खर तं’ग्रिन लागेको छ ।

कोरोना बढ्यो भने स्थानीयस्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि आइतबार

बालुवाटारमा संवाददाताहरूसँग कुरा गर्दै मन्त्री ज्ञवालीले पहिलो प्राथमिकता लकडाउन भन्दा पनि नागरिकहरूमा ज’नचेतना फैलाउने र स्वास्थ्य मापदण्ड पालना गराउनेमा ध्यान केन्द्रित हुने बताएका हुन्।

त्यस्तै, को’भिड–१९ संक्रमण नियन्त्रणका लागि एमालेले कार्यकर्ता परिचालन गर्ने भएको छ। एमाले प्रवक्तासमेत रहेका ज्ञवालीले बिहीबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका संगठनहरूलाई को’भिड नियन्त्रणका कार्यमा ख’टिन निर्देशन दिएको बताए।

उनका अनुसार जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, जागरण अभियान चलाउने र कोरोनाविरुद्ध पार्टीलाई एक ढि’क्का बनाउने निर्णय भएको छ।

बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने , नयाँ सि’लिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्नेलगायतका काम सरकारले गरिरहेको जानकारी प्रधानमन्त्री ओलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *